Sunday, October 6, 2019

दलाल कि वाणिज्य ः पुँजीवाद

By Ram Gurung

नेपालको आफ्नै उत्पादन छैन । अरुका माल बेचेर अर्थतन्त्र चलेको छ । यसैले केही निष्कषले हाम्रो अर्थतन्त्र, ‘दलाल अर्थतन्त्र’ हो भन्छन् । तर यी निष्कर्ष, राष्ट्रिय÷अन्तराष्ट्रिय परिस्थिती मान्य छैनन् । यी दलीय नेता÷कार्यकर्ता र साना बजारीया आर्थिक कृयाकलापमाथि मात्र उभिएका छन् । सिङ्गो अर्थतन्त्रलाई समेटेको छैन । यो त चक्र हो । पात्रहरु फेरिरहेका छन्, आकार÷प्रकार यकिन छैन । यसैले यी विश्लेषण, विश्व–क्षेत्रीय सम्बन्धसँग नजोडिएका गैर–ऐतिहासिक विश्लेषण हुन् । 
 
अहिले जसलाई दलाल पुँजीवाद भन्दैछौं । यो त पारस्परिक आर्थिक बाँडफाँड, ‘ईन्ट्रेष्ट–लेजिस्लेशन’ मात्रै हो । यसको ध्यान, पुरै अर्थतन्त्रमा छैन । अस्थायी नैतिक गठबन्धन भएकाले, यो अर्थतन्त्रको नगन्य हिस्सा हो । यो नियम बनाउनेतिर भन्दा, केही ‘सलामी’ चढाएर, स्वार्थ जोगाउनमै व्यस्त छ । यसको संस्थागत मान्यता र अभ्यास पनि छैन । यी त छाँया अर्थतन्त्र  हुन् ।  हाम्रो मात्र होईन । अन्य देशमा पनि ईन्ट्रेष्ट–लेजिस्लेशन नै प्रभावशाली छ । हाम्रोमा, यो विकास मार्फत् तलसम्म पुग्दै गरेको भएपनि, यद्यपी, यो नेता र उद्यमी÷व्यवसायीमा सीमित, आर्थिक साँठगाँठ मात्र हुन् । दलाली नै चाँहि होईन । 

सुदखोरले कुनैपनि लगानी गर्दैन, कमिशन असुल्छ । आर्थिक हैसियत उकास्ने बाहेक अन्य उद्देश्य हुन्न । नगद वा अन्य सञ्चितीलाई महत्व दिन्छ । हाम्रोमा यस्तो परिपाटी बलिया छैनन् । विलासी मालसामानको आयातको तिव्र वृद्धिले यस्तै देखाउँछ । फरक यति हो, साँठगाँठ गर्नेहरु फेरिए । बाँकी, यी सबै सन् १९५० वा १९९० अघिकै जस्ता छन् । यसको जरा सन् १८१६पछि ब्रिटिस ईण्डियाले दिंदै आएको नगद ईनामले बिगारेका शैलीमा ठोकिएका छन् । जो व्यवस्था नै चाँहि होईन । अहिलेका सबै, स्वदेशी पुँजीेले नाफा कमाउन गरेका प्रयत्न हुन् । नाफा कमाउने प्रयत्न, कसरी दलाली हुन्छ रु  

कस्तो पुँजीवाद भन्ने प्रश्नको सजिलो उत्तर छैन । यो पहिलेकै जस्तो ‘फिरंगी–पुँजीवाद’ होईन । राणाकालिन सुदखोरी त हुँदै होईन । किनकी, अर्थतन्त्र भनेको आयात मात्रै होईन । यसका अन्य पक्षपनि उत्तिकै महत्वपूर्ण हुन्छन् । हाम्रो अर्थतन्त्र, झण्डै सतासी प्रतिशत बाहिरीया मालसामान बेच्ने, बजारीया अर्थतन्त्र हो । यो मुल्य हेरफेर गर्दै, मालसामान एताउता गरेरै चलेको छ । तर आयातलाई नै दलाल पुँजीवाद भन्नु, आधुनिक वाणिज्य अर्थतन्त्रलाई नबुझ्नु हो । यसले बजारीया कारोबारमा भएका पुँजी–लगानी, बढ्दो कृषिको व्यवसायीकरण, पर्यटन आदीमा भईरहेका लगानी, र गाउँ÷नगरमा फस्टाएका उद्यमशिलतालाई समेट्दैन । उद्यमशिल अर्थतन्त्रको उपेक्षा गर्छ । 

एउटा जडवादी तर्क छ । अर्थतन्त्र दलाली नहुन, देशभित्रै बनेका मालसामान बेचिनुपर्छ । बाहिरबाट ल्याएर बेच्यो भने त दलाली हुन्छ । भुमण्डलीकृत व्यवस्थालाई बिर्सदा, यो ठिकै हो । जहाँसुकै उत्पादन भएका हुन् । मुख्य कुरा, आधुनिक पुँजीवाद भनेको नै पुँजी–लगानी, मुनाफा, मालसामानको बजारीकरण एवं बिक्री र त्यसबाट राज्यले असुल्ने कर हो । नेपाल मात्र होईन । अन्य देशले पनि, झण्डै त्रिसठ्ठी प्रतिशतभन्दा बढि, बाहिरका मालसामान बेच्छन् । त्यसमाथि लगाईने करले अर्थतन्त्र चलेका छन् । तथापी करका बनोट र चरित्र, हाम्राभन्दा फरक छन् । भारत कै कुरा गरौं । भारतमा आयात यति शक्तिशाली छ । सन् १८३१सम्मको भारु। एकलाख बराबरको आयात, अहिले चारलाख पैतालिसहजार मिलीयन डलरभन्दा बढि छ । जुन निर्यातभन्दा एकलाख पचासहजार मिलियन डलर बढि हो । यी सबै वाणिज्य नियन्त्रित पुँजीवादका उपज हुन् । 

अहिलेका निष्कर्ष, भित्तामा झुण्ड्याएका कोट–पाईन्ट जस्ता छन् ः निकाल्यो, लगायो । वस्तुगत समाधान र ऐतिहासिक तर्क दिनै नपर्ने । यो राजनीतिक दृष्टिमा सहि होला । प्राज्ञिक हिसाबमा त यो सामाजिक विज्ञानको हुर्मत लिनु बराबर हो । हाम्रो अर्थतन्त्र, दलाली होईन भन्दैगर्दा, यो नेपालमा छँदै छैन भन्ने पनि होईन । मुख्य कुरा, यसको गहिराई र दायरा कति फराकिलो भन्ने हो । अन्तजस्तै, यो हामीकहाँ पनि साँठगाँठ मै सीमित आर्थिक आचरण र व्यवहार हुन् । यो मुल अर्थतन्त्र–करका दायराभन्दा बाहिर छ, । कर प्रणाली बाहिरको आर्थिक साँठगाँठ कसरी दलाल पुँजीवाद हुन्छ रु

हाम्रोमा पुँजीवादको गर्भ नै मालसामानको ओसारपसारमा छ । भारत–तिब्बत ‘काठमाडौ–ट्रान्जिट’ व्यापार ईतिहासमा उभिएको यो, अहिलेको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा बनिसकेको छ । राजश्वकै कुरा गर्दा, सन् १८४०मा हाम्रो वाणिज्य–राजश्व नेरु। एघारहजार मात्रै थियो । आज यो खर्बौं पुगेको छ । कर आवद्ध व्यापार बढेकाले नै यी सब भएका हुन् । दलालले त करलाई नकार्छ, छलछाम गर्छ । मुल अर्थतन्त्रमा जानै चाहन्न, अनौपचारिक हुन्छ । मतलब, हाम्रो पुँजीवाद, पश्चिमी देशको जस्तै उत्पादनशिल पुँजीवाद नभएपनि, उद्यमशील उत्तर–उत्पादन उपभोग पुँजीवाद हो ।  

सबै गाउँ, जोडतोडले सहर बन्दैछन् । नगरिपालिकाको सँख्या थपिएसँगै, सहरीया पनि बढेका छन् । सन् २०१७सम्म नगरपालिका क्षेत्रमा बस्ने नेपालीको सँख्या, एककरोड तेईसलाख बढि पुगेको छ । यसरी हेर्दा, अब उनीहरुले बाँच्ने पनि दलाली गरेर नै हो । विदेशी मालसामान ल्यायो, बेच्यो । यो त अर्थतन्त्रको अति सामान्यीकरण हो । यसरी सतही भईदिँदा, यसले बढ्दो पुँजी–लगानी र नीजि÷सार्वजनिक सम्पत्ति, गाउँलेले बेच्ने उत्पादन र यसले बनाउँदै गरेको अर्थतन्त्र, कसैलाई देख्दैन । उद्यमी वा व्यापारी, सबैलाई दलाली नै देख्छ । तर अर्थतन्त्र दलालीले मात्रै चल्दैन । यसमा अन्य महत्वपूर्ण कैंयन कुरा हुन्छन् । जसले अर्थतन्त्र धानेको हुन्छ ।

दलालीतन्त्रको ईतिहास सन् १८५०मा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत पुग्नु अघिदेखि कै हो । यसदेखी विदेशी ‘सलामी’, नगद कमिशन सामान्य भए । तथापी यो मुख्य अर्थतन्त्र थिएन । शासकहरुबिच व्यापक भएतापनि, सन् १९३६मा शुरु औद्योगिकीकरणले यसको पनि विकल्प दियो । वाणिज्य÷उद्यममा नेपाली पुँजीले ठाउँ पाउन थाले । अद्यापी, यो सन् १९५१ देखि अहिलेसम्म, राजनीतिक फेरबदलसँग उठबस गर्दै, ‘ईन्ट्रेष्ट–लेजिस्लेशन’मै सीमित छ । 

हाम्रा सबै अन्तराष्ट्रसँग भएका सन्धि÷सम्बन्ध, विदेशी मालसामान ल्याउनै भनेर भएका हुन् । यस्ता सम्बन्ध, सन् १९४४ अघि ५३ देशमा फैलिएकोमा, आज अझै थपिएका छन् । यताबाट पठाउने माल नभएपछि, घाटाको वाणिज्य त त्यतिखेरै शुरु भए । सन् १९२३को नेपाल–बेलायत सन्धिले बेलायत भन्दा बाहिरबाट काठमाडौं बाहिरलाई मालसामान ल्याउन रोक लगायो । हाम्रा सबैजसो वाणिज्य, भारतीय नियन्त्रणमा पुगे । उनीहरु नै ल्याउँथे, बेच्थे र नाफा असुलेर फर्कन्थे । स्वदेशी पुँजीको कुरै थिएन । यो साँच्चै नै दलाल चरित्रको थियो । सन् १९३३ तिर भद्रकाली हाउस ९ट्रेड–सेन्टर० खुलेदेखि विस्तारै नेपाली वाणिज्य, नेपाली हातमा आए । सन् १९९०पछि यो अझै व्यापक र गहिरो भएको छ ।

नाफा खानु, लगानी गर्नु नै आधुनिक पुँजीवाद हो । पुँजीवाद र उत्पादनका कुरा, शास्त्रीय मान्यता हुन् । यी हाम्रा मौलिक आर्थिक व्यवस्था होईनन् । तथापी सन् १७९४मा शुरु गोरखा राज्य विस्तारलाई आधार मान्दा, दुईसय तिसबर्ष यता, नेपाल पुँजीवादी देश नै हो । ब्रिटिस ‘अधिकारी’ विलियम कर्कप्याट्रिकले सन् १७९३मा गरेको नेपाल भ्रमण, यसका सन्दर्भ हुन् । उनको भ्रमणको मुख्य ‘प्लट’ नै वाणिज्य–बजारको विस्तार थियो । जो शासकले असुल्ने ‘सलामी’बाट शुरु भए । ईतिहासको पानीढलोमा, सन् १७९३ देखि २०१५ सम्मका अर्थतन्त्र केलाउने हो भने, अहिलेको अर्थतन्त्र कस्तो भन्ने थाहा भईहाल्छ । जो वाणिज्य प्रधान ईन्ट्रेष्ट–लेजिस्लेशन हो ।

स्पष्ट छ, त्यतिखेर नेपाल आयातप्रति उदार थिएन । उतिबेला भारतीयहरु निर्वाध नेपाल पस्थे । तथापी, त्यतिबेलाका शासकले काठमाडौंका भारतीय व्यापारीबाट चर्को भन्सार असुल्न्थे । यसप्रति असन्तुष्ट बि।एच। हड्सनले ‘अन दि कमर्श अफ नेपाल’ ९१८३१० जर्नलमा यस सम्बन्धि लेख नै छापे । व्यापारिक अनुकुलता मिलाउन काठमाडौंस्थित बेलायती ‘रेजिडेन्सी’मा प्रतिवेदन बुझाए । तर आज परिस्थिती बदलिएको छ । नेपाली लगानी बढिरहेका छन् । बैंक तथा वित्तिय संस्थाको विस्तारले चर्को व्याजका आर्थिक लेनदेन कमजोर भएका छन् । यी सबै, दलाल अर्थतन्त्रमा सम्भव हुन्न ।

1 comment:

  1. My take on My blog:
    Lets begin discussion on what type of economy do we have now ?

    ReplyDelete

कमाउँदै चीन, गुमाउँदै नेपाल

चीन–नेपाल सम्बन्धः कमाउँदै चीन, गुमाउँदै नेपाल   राम गुरुङ