Wednesday, December 18, 2019

कमाउँदै चीन, गुमाउँदै नेपाल

चीन–नेपाल सम्बन्धः कमाउँदै चीन, गुमाउँदै नेपाल 

 राम गुरुङ

Sunday, October 6, 2019

दलाल कि वाणिज्य ः पुँजीवाद

By Ram Gurung

नेपालको आफ्नै उत्पादन छैन । अरुका माल बेचेर अर्थतन्त्र चलेको छ । यसैले केही निष्कषले हाम्रो अर्थतन्त्र, ‘दलाल अर्थतन्त्र’ हो भन्छन् । तर यी निष्कर्ष, राष्ट्रिय÷अन्तराष्ट्रिय परिस्थिती मान्य छैनन् । यी दलीय नेता÷कार्यकर्ता र साना बजारीया आर्थिक कृयाकलापमाथि मात्र उभिएका छन् । सिङ्गो अर्थतन्त्रलाई समेटेको छैन । यो त चक्र हो । पात्रहरु फेरिरहेका छन्, आकार÷प्रकार यकिन छैन । यसैले यी विश्लेषण, विश्व–क्षेत्रीय सम्बन्धसँग नजोडिएका गैर–ऐतिहासिक विश्लेषण हुन् । 
 
अहिले जसलाई दलाल पुँजीवाद भन्दैछौं । यो त पारस्परिक आर्थिक बाँडफाँड, ‘ईन्ट्रेष्ट–लेजिस्लेशन’ मात्रै हो । यसको ध्यान, पुरै अर्थतन्त्रमा छैन । अस्थायी नैतिक गठबन्धन भएकाले, यो अर्थतन्त्रको नगन्य हिस्सा हो । यो नियम बनाउनेतिर भन्दा, केही ‘सलामी’ चढाएर, स्वार्थ जोगाउनमै व्यस्त छ । यसको संस्थागत मान्यता र अभ्यास पनि छैन । यी त छाँया अर्थतन्त्र  हुन् ।  हाम्रो मात्र होईन । अन्य देशमा पनि ईन्ट्रेष्ट–लेजिस्लेशन नै प्रभावशाली छ । हाम्रोमा, यो विकास मार्फत् तलसम्म पुग्दै गरेको भएपनि, यद्यपी, यो नेता र उद्यमी÷व्यवसायीमा सीमित, आर्थिक साँठगाँठ मात्र हुन् । दलाली नै चाँहि होईन । 

सुदखोरले कुनैपनि लगानी गर्दैन, कमिशन असुल्छ । आर्थिक हैसियत उकास्ने बाहेक अन्य उद्देश्य हुन्न । नगद वा अन्य सञ्चितीलाई महत्व दिन्छ । हाम्रोमा यस्तो परिपाटी बलिया छैनन् । विलासी मालसामानको आयातको तिव्र वृद्धिले यस्तै देखाउँछ । फरक यति हो, साँठगाँठ गर्नेहरु फेरिए । बाँकी, यी सबै सन् १९५० वा १९९० अघिकै जस्ता छन् । यसको जरा सन् १८१६पछि ब्रिटिस ईण्डियाले दिंदै आएको नगद ईनामले बिगारेका शैलीमा ठोकिएका छन् । जो व्यवस्था नै चाँहि होईन । अहिलेका सबै, स्वदेशी पुँजीेले नाफा कमाउन गरेका प्रयत्न हुन् । नाफा कमाउने प्रयत्न, कसरी दलाली हुन्छ रु  

कस्तो पुँजीवाद भन्ने प्रश्नको सजिलो उत्तर छैन । यो पहिलेकै जस्तो ‘फिरंगी–पुँजीवाद’ होईन । राणाकालिन सुदखोरी त हुँदै होईन । किनकी, अर्थतन्त्र भनेको आयात मात्रै होईन । यसका अन्य पक्षपनि उत्तिकै महत्वपूर्ण हुन्छन् । हाम्रो अर्थतन्त्र, झण्डै सतासी प्रतिशत बाहिरीया मालसामान बेच्ने, बजारीया अर्थतन्त्र हो । यो मुल्य हेरफेर गर्दै, मालसामान एताउता गरेरै चलेको छ । तर आयातलाई नै दलाल पुँजीवाद भन्नु, आधुनिक वाणिज्य अर्थतन्त्रलाई नबुझ्नु हो । यसले बजारीया कारोबारमा भएका पुँजी–लगानी, बढ्दो कृषिको व्यवसायीकरण, पर्यटन आदीमा भईरहेका लगानी, र गाउँ÷नगरमा फस्टाएका उद्यमशिलतालाई समेट्दैन । उद्यमशिल अर्थतन्त्रको उपेक्षा गर्छ । 

एउटा जडवादी तर्क छ । अर्थतन्त्र दलाली नहुन, देशभित्रै बनेका मालसामान बेचिनुपर्छ । बाहिरबाट ल्याएर बेच्यो भने त दलाली हुन्छ । भुमण्डलीकृत व्यवस्थालाई बिर्सदा, यो ठिकै हो । जहाँसुकै उत्पादन भएका हुन् । मुख्य कुरा, आधुनिक पुँजीवाद भनेको नै पुँजी–लगानी, मुनाफा, मालसामानको बजारीकरण एवं बिक्री र त्यसबाट राज्यले असुल्ने कर हो । नेपाल मात्र होईन । अन्य देशले पनि, झण्डै त्रिसठ्ठी प्रतिशतभन्दा बढि, बाहिरका मालसामान बेच्छन् । त्यसमाथि लगाईने करले अर्थतन्त्र चलेका छन् । तथापी करका बनोट र चरित्र, हाम्राभन्दा फरक छन् । भारत कै कुरा गरौं । भारतमा आयात यति शक्तिशाली छ । सन् १८३१सम्मको भारु। एकलाख बराबरको आयात, अहिले चारलाख पैतालिसहजार मिलीयन डलरभन्दा बढि छ । जुन निर्यातभन्दा एकलाख पचासहजार मिलियन डलर बढि हो । यी सबै वाणिज्य नियन्त्रित पुँजीवादका उपज हुन् । 

अहिलेका निष्कर्ष, भित्तामा झुण्ड्याएका कोट–पाईन्ट जस्ता छन् ः निकाल्यो, लगायो । वस्तुगत समाधान र ऐतिहासिक तर्क दिनै नपर्ने । यो राजनीतिक दृष्टिमा सहि होला । प्राज्ञिक हिसाबमा त यो सामाजिक विज्ञानको हुर्मत लिनु बराबर हो । हाम्रो अर्थतन्त्र, दलाली होईन भन्दैगर्दा, यो नेपालमा छँदै छैन भन्ने पनि होईन । मुख्य कुरा, यसको गहिराई र दायरा कति फराकिलो भन्ने हो । अन्तजस्तै, यो हामीकहाँ पनि साँठगाँठ मै सीमित आर्थिक आचरण र व्यवहार हुन् । यो मुल अर्थतन्त्र–करका दायराभन्दा बाहिर छ, । कर प्रणाली बाहिरको आर्थिक साँठगाँठ कसरी दलाल पुँजीवाद हुन्छ रु

हाम्रोमा पुँजीवादको गर्भ नै मालसामानको ओसारपसारमा छ । भारत–तिब्बत ‘काठमाडौ–ट्रान्जिट’ व्यापार ईतिहासमा उभिएको यो, अहिलेको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा बनिसकेको छ । राजश्वकै कुरा गर्दा, सन् १८४०मा हाम्रो वाणिज्य–राजश्व नेरु। एघारहजार मात्रै थियो । आज यो खर्बौं पुगेको छ । कर आवद्ध व्यापार बढेकाले नै यी सब भएका हुन् । दलालले त करलाई नकार्छ, छलछाम गर्छ । मुल अर्थतन्त्रमा जानै चाहन्न, अनौपचारिक हुन्छ । मतलब, हाम्रो पुँजीवाद, पश्चिमी देशको जस्तै उत्पादनशिल पुँजीवाद नभएपनि, उद्यमशील उत्तर–उत्पादन उपभोग पुँजीवाद हो ।  

सबै गाउँ, जोडतोडले सहर बन्दैछन् । नगरिपालिकाको सँख्या थपिएसँगै, सहरीया पनि बढेका छन् । सन् २०१७सम्म नगरपालिका क्षेत्रमा बस्ने नेपालीको सँख्या, एककरोड तेईसलाख बढि पुगेको छ । यसरी हेर्दा, अब उनीहरुले बाँच्ने पनि दलाली गरेर नै हो । विदेशी मालसामान ल्यायो, बेच्यो । यो त अर्थतन्त्रको अति सामान्यीकरण हो । यसरी सतही भईदिँदा, यसले बढ्दो पुँजी–लगानी र नीजि÷सार्वजनिक सम्पत्ति, गाउँलेले बेच्ने उत्पादन र यसले बनाउँदै गरेको अर्थतन्त्र, कसैलाई देख्दैन । उद्यमी वा व्यापारी, सबैलाई दलाली नै देख्छ । तर अर्थतन्त्र दलालीले मात्रै चल्दैन । यसमा अन्य महत्वपूर्ण कैंयन कुरा हुन्छन् । जसले अर्थतन्त्र धानेको हुन्छ ।

दलालीतन्त्रको ईतिहास सन् १८५०मा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत पुग्नु अघिदेखि कै हो । यसदेखी विदेशी ‘सलामी’, नगद कमिशन सामान्य भए । तथापी यो मुख्य अर्थतन्त्र थिएन । शासकहरुबिच व्यापक भएतापनि, सन् १९३६मा शुरु औद्योगिकीकरणले यसको पनि विकल्प दियो । वाणिज्य÷उद्यममा नेपाली पुँजीले ठाउँ पाउन थाले । अद्यापी, यो सन् १९५१ देखि अहिलेसम्म, राजनीतिक फेरबदलसँग उठबस गर्दै, ‘ईन्ट्रेष्ट–लेजिस्लेशन’मै सीमित छ । 

हाम्रा सबै अन्तराष्ट्रसँग भएका सन्धि÷सम्बन्ध, विदेशी मालसामान ल्याउनै भनेर भएका हुन् । यस्ता सम्बन्ध, सन् १९४४ अघि ५३ देशमा फैलिएकोमा, आज अझै थपिएका छन् । यताबाट पठाउने माल नभएपछि, घाटाको वाणिज्य त त्यतिखेरै शुरु भए । सन् १९२३को नेपाल–बेलायत सन्धिले बेलायत भन्दा बाहिरबाट काठमाडौं बाहिरलाई मालसामान ल्याउन रोक लगायो । हाम्रा सबैजसो वाणिज्य, भारतीय नियन्त्रणमा पुगे । उनीहरु नै ल्याउँथे, बेच्थे र नाफा असुलेर फर्कन्थे । स्वदेशी पुँजीको कुरै थिएन । यो साँच्चै नै दलाल चरित्रको थियो । सन् १९३३ तिर भद्रकाली हाउस ९ट्रेड–सेन्टर० खुलेदेखि विस्तारै नेपाली वाणिज्य, नेपाली हातमा आए । सन् १९९०पछि यो अझै व्यापक र गहिरो भएको छ ।

नाफा खानु, लगानी गर्नु नै आधुनिक पुँजीवाद हो । पुँजीवाद र उत्पादनका कुरा, शास्त्रीय मान्यता हुन् । यी हाम्रा मौलिक आर्थिक व्यवस्था होईनन् । तथापी सन् १७९४मा शुरु गोरखा राज्य विस्तारलाई आधार मान्दा, दुईसय तिसबर्ष यता, नेपाल पुँजीवादी देश नै हो । ब्रिटिस ‘अधिकारी’ विलियम कर्कप्याट्रिकले सन् १७९३मा गरेको नेपाल भ्रमण, यसका सन्दर्भ हुन् । उनको भ्रमणको मुख्य ‘प्लट’ नै वाणिज्य–बजारको विस्तार थियो । जो शासकले असुल्ने ‘सलामी’बाट शुरु भए । ईतिहासको पानीढलोमा, सन् १७९३ देखि २०१५ सम्मका अर्थतन्त्र केलाउने हो भने, अहिलेको अर्थतन्त्र कस्तो भन्ने थाहा भईहाल्छ । जो वाणिज्य प्रधान ईन्ट्रेष्ट–लेजिस्लेशन हो ।

स्पष्ट छ, त्यतिखेर नेपाल आयातप्रति उदार थिएन । उतिबेला भारतीयहरु निर्वाध नेपाल पस्थे । तथापी, त्यतिबेलाका शासकले काठमाडौंका भारतीय व्यापारीबाट चर्को भन्सार असुल्न्थे । यसप्रति असन्तुष्ट बि।एच। हड्सनले ‘अन दि कमर्श अफ नेपाल’ ९१८३१० जर्नलमा यस सम्बन्धि लेख नै छापे । व्यापारिक अनुकुलता मिलाउन काठमाडौंस्थित बेलायती ‘रेजिडेन्सी’मा प्रतिवेदन बुझाए । तर आज परिस्थिती बदलिएको छ । नेपाली लगानी बढिरहेका छन् । बैंक तथा वित्तिय संस्थाको विस्तारले चर्को व्याजका आर्थिक लेनदेन कमजोर भएका छन् । यी सबै, दलाल अर्थतन्त्रमा सम्भव हुन्न ।

Friday, September 27, 2019

पुरुष सत्ता :'न्यू काईण्ड्स अफ बार्बरिज्म'


 

राम गुरुङ

फ्रान्सिस फुकुयामा (२०१८) भन्छन्ः बजार अर्थतन्त्रले अपार छनौट र बसाई–सराईको बाढी ल्यायो । तर मानिस, मानिससँग अलग्गिए । पहिचानका लागि तड्पिए । दम्पत्ति प्रशस्तै भेटिएपनि, दाम्पत्य जीवनको सुख भोग्नेहरु घट्न थाले । यसको असर परिवारको बनोट, चरित्र र मान्यतामा देखिए । जो परम्परागत परिवारका लागि विद्रोह हो । यथास्थितीमा रमाउने पुरुष सत्ताका लागि भने चुनौती र उच्च पुरुष मान्यतामाथि थोपरिएको बोझ हो ।


गरिब बनाईएका देशमा बजार यसरी छि¥यो कि मानौं, ऊसले सबै कुरा ठिक गर्छ । धेरै कुरा ठिक ग¥यो पनि । परिवार, देश र समाजमा पहिचान र अस्तित्वका सवाल उग्राए । परिवारभित्र र बाहिर ठडिएका लिंग विभेद र जातिय उचनीचका पर्खाल ढले । तर यसलाई  उभिन र हिँड्न सघाउने केहि दिएन । मानिसलाई व्यक्ति बनाएर एक्लै छोडिदियो । बलियाहरु दौडिए, लम्किए । बुँता र बलले भ्याएसम्म, बजार, घरबार र दरबारमा मस्ति गरे । तर, त्यहिँनेर कहिल्यै नभेट्ने गरि महिलाहरु छुटे, छुटाईए । अल्पसँख्यक र सिमान्तहरु पछारिए । यसलाई नराम्रो नभनिहाले तापनि, गतिलो भनिहाल्न पनि सकिएन । हो, यहिँ नै बजार अर्थतन्त्रलाई तौलिने टेडो तराजु, लैंगिक सम्बन्धमा माधुर्यता र समानता हुर्कनै नदिने गरि तगारो भईदियो ।

वाल्टर बेन्जामिन (१९३९)लाई वाम आन्दोलनप्रति अगाध प्रेम थियो । वाम प्रेममा चुर्लुम्म डुबेका उनले, वामपन्थी चश्मा लगाएर समाजमा भएको आर्थिक असमानतालाई मसिनो गरि केलाए । आफुसँग भएका कुरा (परिवार, दाम्पत्य जीवन)लाई पे्रम र  श्रद्धापुर्वक भोग गर्न नजान्ने पुरुषलाई ‘सक्ड ईक्सपेरियन्सका डब्बा’ हुन् भने । पुरुषलाई समानता र सम्मान देखेर भाग्ने कायर करार गरे । साँचो अर्थमा, परिवार, समाज र राज्यलाई हैकममा राखिराख्न चाहने पुरुषवादलाई  ‘न्यू काईण्स अफ बार्बरिज्म’ को उपाधी पनि दिए । अर्थात्, पुरुष सानो चित्त भएका, एकलकाटे प्राणी हुन्, भन्न भ्याए । 

तर, रोक्दा–रोक्दै, छेक्दा–छेक्दै बजार अर्थतन्त्रले महिला, सिमान्तकृतहरुलाई एकजना– मालिक मात्रको चेपाई, सहेपुग्ने बजारको वस्तु बनाईदियो । किन्न र बेच्न सकिने । तर पनि बाँकी सामािजक र आर्थिक व्यवहार विस्तारै खुकुलो हुँदैगए । महिला वा अन्य सिमान्तलाई घरबाहिर केहि सजिलो लाग्न थाल्यो । बोली दरिला र आवाज सुरिला भए । सन् १९७०÷८०को दशकसम्मका पुरुष बनिबनाउ, महिला शब्दकोशको पुनर्लेखन गरिए, पुरुष भाष्य खिईन थाल्यो । महिला अनुभवहरु साँच्चै अर्थपूर्ण भए । तर नेपाली पुरुष, अझै महिलाका सामाजिक र आर्थिक शब्दकोशमा हिज्जे र व्यञ्जनाका त्रुटीहरु खोतल्दै छन् ।

हामीकहाँ ईमान्दार भएर, विख्यात सामाजिक सिद्धान्तमा उभिएर भन्नुपर्दा, बजार अर्थतन्त्र ढोकाबाट होईन, झ्यालबाट छिरेको हो । दरबारको हजुरीया र राजनीतिक दलको दाता बनेर रजगज गरेको हो । यसले अन्त जस्तो आमुल हस्तक्षेप गर्न सकेन । ‘भात’ पकाउने श्रीमती वा आमाहरुलाई ‘भुजा’ टक््रयाउने आधुनिक घरेलु कामदार बनाउने बाहेक उल्लेख्य काम गर्न हिच्किचायो । यसले परम्परागत मान्यतालाई सामाजिक र आर्थिक तयारीबिना नै बढा¥यो । यसले न त मान्छे (पुरुष)लाई मान्छे हुनुको महत्व र मर्म बुझाउन सक्यो । नत बजारमा चल्न, हिड्न, उठ्न र बस्न चाहिने यत्न र सीप नै दियो । या त, यससँग हामीलाई दिन लायकको कुरा थिएन वा हामीले यसले दिन चाहेको कुरा लिन सकेनौं । समस्या यहिबाट शुरु भयो, ‘कन्ल्फिक्ट्स अफ ईन्टरेस्ट’ ।

बजार अर्थतन्त्रमा त लोकतन्त्र (राजनीति बाहेकका पनि) फुल्नु, फल्नुपर्ने हो । लोकलाई निको लाग्ने, आचरण र उच्चारण (बजारवाला सँस्कार) सिक्नु÷सिकाउनु पर्ने हो । तर यसले त हाम्रो आफ्नो भन्ने, सबै निमिट्यान्न पा¥यो । हामीलाई खर्चका लम्बेतान सुचीसहित, अड्कलेको तलब, नाफा वा कमिशनले महिलालाई घर चलाउन अह्राउने फिरन्ते नोकरीवालाल र आधुनिक भरिया मात्र बनाईदियो । छक्कापञ्जा वालाका लागी यहि बजार सुनखानी भएको छ  । ललाटलाई धिक्कारेर बजारले डसेको पत्तो नपाउनेका लागि त यो मृतलोक नै भयो ।

निश्चय नै हाम्रा परम्परागत भनिएका सबैखाले संस्था र संस्थानहरु भत्किरहेका छन् । पुरा भत्किन बाँकी रहेका आर्थिक तथा राजनीतिक सत्ता निहित संस्थाहरुको पनि जग धरमरिएको छ । धरमरिएको सत्ता विस्तारै आफुतिर ढल्दै गरेको देखेर अत्तालिएका आधुनिक बराजु पुस्ता पुरुषहरु, जोडबल लगाएर जोगिन र जोगाउने प्रयास गरिरहेका छन्, होलान् । जोगाउन र जोगिन सघाउने जीर्ण भाष्य निर्माण भएका छन् । तर, यी सबै आमा, दिदीबहिनी र श्रीमतीका लागी अपशकुन भए, जता फर्केपनि दोष्य लाग्ने ।

सामान्य मानिसले सत्य भनेर मानिदिएका, असत्यका थुप्रै अनुहार र पाटा हुन्छन् भनेर समाजशास्त्रभित्र घुस्ने जोकोहीलाई थाहा छ । मतलब, जातजाति, लिंग, क्षेत्र आदीले दावी गरेको साँचो लोकतन्त्रको माग, पुरुषका लागि जहानीयाँ सत्ताभन्दा चर्को अत्याउने भारी हुन्छ । यसले खाईपाई सत्तालाई सकार्छ र विकल्पको समानता नकार्छ । जब बषौंको पारिवारिक पुरुष सत्तालाई अत्याज्य र अकाट्य मान्दै आएको पुरुष मन अगाडी आउँछ । राज्यसत्ता, अल्पमत र बहुमतको सीमा कोरेर, लोकतन्त्रको घुमाउरो दुरुपयोग गर्छ । 

सन् १९९२ मा नै फ्रान्सिस फुकुयामा यति ढुक्क थिए कि, अबका झण्डै चार दशक (१९९०–२०२०) ‘मेगालाथाइमा अर्थात् सुपर रिकगनिसन’को दशक हुनेछ । राजनीति, अर्थतन्त्र, परिवार र दाम्पत्य जीवन समेतमा सुपर रिगगनिसनको माग र रस्साकस्सीले समाज र अर्थतन्त्र थिलथिलो हुनेछ । तर खुद्रा पहिचान बाँडेर राज्य, समाज र परिवारमा पुरुष सत्ताले  भौगोलिक राष्ट्रवादको डर देखाएर यसलाई नकार्ने छन् । भौगोलिक राष्ट्रवादको कात्रोमा पराजित सपनाको पोको पारिने छ । के अहिले यस्तै भईरहेको छैन र ?
अनेकन माथापच्चीले सन् १९८०को दशक, समाजवादी वा पँजीवादी, दुवैका लागी सजिलो भएन ।

समाजवादलाई आफ्नो ढल्दै गरेको शिर उठाउने चुनौति थियो भने पुँजीवादलाई आफु सांसारिक बादशाह भएको भोग्न हतार थियो । सन् १९५० देखि विभाजित फरक ढोकाबाट छिरेका यी ‘दुई फरक वाद’ले भान्सादेखि क्याविनेटसम्म सत्ता–शत्रुहरु तयार ग¥यो । तीनिहरु यस्ता परे कि आफु (पुरुष) बाहेक बाहिर केहि नदेख्ने । जसले सारा बजारको मार र मुल्य परिवार, दम्पत्ति, दाम्पत्य जीवन बाहेक अन्त पोखेन । समाजवादलाई जोगाउन, पुँजीवादलाई व्यहोर्न परिवार तोड्ने जोईपोई बढ्न थाले । परिवारले तीनसय साठी डिग्रीमा ‘यू टर्न’ लियो । ज्ञानीहरुले यसलाई पुँजीवादको बरदान भने, महाज्ञानीले पुँजीवादको बोझ भने ।

घर–घरमा बजार घुसेको बर्षौ भयो । काम खोज्न खेततिर होईन, बजार धाउन थालेका मान्छेको गन्ति नै छैन । घरमा बाबु–नानीलाई भातभान्सा गराएर, खेतमा हलो जोत्ने नारीहरु अब आश्चर्य होईन, अनिवार्य विषय भएका छन् । घर सम्हालेर पति, छोरालाई घरदेश र परदेशमा काम गर्न हौस्याउने नारी लाखौं पुगिसके । यति गर्दासम्म निको मान्ने पुरुष सत्ता, जब आमा र श्रीमतीले आफ्नो योगदानको हिसाब राख्न थाल्छन्, यसलाई पारिवारिक विकृतिको भाष्यमा तौलने, काट्ने, छाट्ने जिम्मा लिएर तिनै पति र लोग्नेहरु सबैभन्दा अघि निस्कन्छन् । यीनलाई पुरुष राज्यले बोकाईदिएको भौगौलिक राष्टवाद र पुरुष अहँकारले चिथोर्छ , निथ्रुक्क भिजाउँछ ।

सन् १९६०को दशकको कुनै खास एक बर्ष हुनुपर्छ । कठोर साम्यवादी जीन–पाउल सार्तेलाई, परिवारको चलन र बेथिती भन्दा, काम गरेर लखतरान कामदारलाई उत्तेजित पार्न मज्जा भईरहेको थियो । सन् १९६८ पनि उनको ध्यान महिला र तीनले व्यहोरेका कष्टसँग मतलब नै थिएन । यीनले मतदान गर्न नपाउने महिला र काला जातिलाई देख्दै देखेनन् । यो ज्वरो यतिमा सेलाएन, नेपाल छि¥यो । जब सत्ता, नेपाली पुरुष जीन–पाउलको हातमा गयो । संसद र संगठन, अधिकार र दायित्वका कुरा, समाजवादका नयाँ भाष्यमा अल्मलिए । 

जानाकारहरु भन्छन्– सामाजिक आन्दोलनले लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्रमा हुर्के बढेका नरनारीलाई बराबरी बनाउँछ । हाम्रो पुरुष सत्ताले यसलाई आफ्नो मात्र होस् भन्ठान्दछ । अंशका बराबरी हकदारलाई असामाजिक देख्छ । यो पुरुष आलेपमा लैंगिकताका कुरा घोर अराष्ट्रिय, अपारिवारिक र भौगोलिक राष्ट्रियताको बडेमान चुनौती बनिदिन्छ । यस्तो चुनौती बनाईन्छ कि यो त पितृत्वको नै अपमान हो ।

दर्शनमा रुची राख्ने र लिंगका आधारमा हुने सामाजिक र आर्थिक अर्घेल्याँईलाई बुझ्न चाहनेले साईमन डि’ बेभरको “द सेकण्ड सेक्स–१९४९” पढुन् भन्ने लाग्छ । यसले अधिकारमा भएको विभेदलाई खुट्याउने गजबको वैज्ञानिक आधार दिन्छ । धेरैले यसलाई पढे भन्ने लाग्दैन । तर जसले पढेका छन्, तीनलाई अवश्य थाहा छ । पितृ सत्ताको कुची कसरी महिलाका शरिमाथि हावी हुन्छन् । महिला शरिरमा आफुले हेर्न वा भोग्न चाहेका यौनिकता कसरी उतार्छन् । यसलाई सामाजिक अनुशासन कसरी बनाईन्छ भन्ने कुरा थाहा लाग्छ । महिलाले आफु सुन्दर छु वा छैन भन्ने थाहा पाउन पनि बेसुर चलाईने पुरुष कुची र त्यसले लत्पतिएको शरिरलाई पुरुष नजरबाट हेराईन्छ । यसको पत्तो पुरुषका यौनिकता कज्याउने उपहारले प्रफुल्लित महिलाले पाउन्नन् । जसको जिम्मा पुरुष– बाबु, दाजुभाई, श्रीमान, कार्यालयका हाकिम वा सहकर्मीले लिएका छन् । 

पुरुष–मत्ता राज्य वा घर सत्तामा महिलाका अनुभव पुरुषद्वारा बनाईन्छन् र पुरुष अनुभव बोल्छन् । पुरुष अनुकुलतामा ती अनुभव सहि र गलत हुन्छन् । महिलासँग त ईतिहास नै हुन्न भन्न पछि नपर्ने पुरुष अघि सर्छन् । महिलाका जीउँदा–जाग्दा अनुभव, पारिवारिक विग्रह र विद्रोहका रुपमा दबाईन्छन् । क्याथरिन म्याकनन्ले भने झैं यसलाई ‘छुट्याउनै मुश्किल’ हुन्छ ।

कमाउँदै चीन, गुमाउँदै नेपाल

चीन–नेपाल सम्बन्धः कमाउँदै चीन, गुमाउँदै नेपाल   राम गुरुङ